Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

चार मन्त्रीको सांसद पद नरहने, आज औपचारिकता पाउदै



२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरि नेकपा एमाले प्रवेश गरि मन्त्री बनेका चार सांसदको पद आज खोसिने भएको छ ।

प्रतिनिधिसभाको बिहीबार (आज) बोलाइएको बैठकले उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने तयारी रहेकाे संसद सचिवालयको जनाएकाे छ । नेकपा माओवादी केन्द्रलको संसदीय दलले उनीहरुलाई कारवाहि गरेको पत्र सोमबार संसदिय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले संसद सचिवायलाई पठाएका थिए ।

पदमुक्त गर्न सिफारिसमा पर्नेमा अर्घाखाँची बाच निर्बाचित टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरी रहेका छन् । उनीहरु माओवादी परित्याग गरि एमाले प्रबेश गरेपछि कारवाहिमा परेका हुन् ।

पार्टी परित्याग गर्नेमा लेखराज भट्ट पहिलै मन्त्री थिएभने अन्य तिनजना पछि मन्त्री बनेका हुन । राष्ट्रिय सभा सदस्य रहेका गृह मन्त्री रामबहादुर थापालाई भने माओवादीले पदपुक्तको सिफारिस गरेको छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा