
२६ चैत, काठमाडौं । नेपाली काङग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन गर्ने सोखनै भए बालुवाटारको प्रेत्यक कोठा प्रत्येक दिन उद्घाटन गर्न सुझाव दिएका छन् ।
बिहीबारको संसद बैठकमा बोल्दै नेता थापाले प्रधानमन्त्री पछिल्लो समय उद्घाटन गर्न र अरुले गरेको कामकाे जस लिनका लागि मात्र व्यस्थ रहेको बताए । उनले ६,७ वर्षमा सकिनु पर्ने मेलम्चि २० वर्षभन्दा लामो समय लागेर सकिदा पनि ती आयोजनाबाट पाठ सिक्नु पर्ने ठाउमा त्यसको जस लिनकै लागि प्रत्येक दिन धाराको टुटी खोलेर उद्घाटन गरेर जस लिनमात्र खोजेको आरोप लागाए ।
ओलीले आफ्नो कार्यकालमा विकासले चमत्कारनै गरेको भनिरहदा प्रधानमन्त्री र उनका मन्त्रीहरुलाई सामान्य ज्ञान समेत नभएकाले यस्ता कुरा गर्दै हिढेको आरोप लगाए । उनले तथ्यमा आधारित रहेर बोल्दा आफ्नो औचित्य रहने भएकाले आफ्ना सांसदहरुलाई बाल कबिता सुनाउन संसदमा पठाउनुको सट्टा आफै उपस्थित भएर विकासको एजेण्डामा छलफलका लागि आउन समेत आग्रह गरे ।
उनले भने, ‘ मेलम्चिलाई हेरर मख्ख पर्नुभन्दा अन्य राष्ट्रिय गौरबका आयोजनाहरु कसरी सम्पन्न गर्न सकिन्छ त्यसको लागि छलफल गर्न संसदमा आउनुहाेस, आवसेक परामर्श र छलफलका लागि हामि गयार छौ ।’