back

संसदलाई विजनेश कस्ले दिएन सभामुखले जवाफ दिनुपर्छ–नेता लालबाबु पण्डित

वि.सं.२०७७ चैत २६ बिहीवार

120 

shares
NTC AD
Global IME AD

२६ चैत, काठमाडौं । नेकपा एमालेका सांसद लाल वावु पण्डितले सरकारले संसदलाई विजनेश दिएन भन्ने आरोपको जवाफ दिन सभामुखसँग आग्रह गरेका छन् ।

विहीबार संसदको सातौ अधिबेशनको बैठकमा बोल्दै नेता पण्डितले प्रतिनिधिसभा र राष्ट्रिसभामा ६५ वटा विधेयक रहेका अवस्थामा सरकारले विजनेश दिएन भनेर भन्नु पूर्वाग्रही सोच बाहेक अन्य केही नभएको बताए ।

‘सन्धि सम्झौताहरु अनुमोदनका निम्ति पर्खिरहेको छ । दोस्रो अधिबेशनदेखि नेपालको नागरिकता ऐन विधेयकको रुपमा पर्खिरहेको छ । सवा लाख भन्दा बढी नागरिकता पाउने युवाहरुले कुरिरहेका छन् । संघीय निजामति ऐन लामो समयदेखि सदनमा छ । विभिन्न समितिहरुले रिर्पोटसहित संसदमा विधेयकहरु पठाइसकेको अवस्थामा सांसदलाई सरकारले काम दिएन भन्ने । सरकारले ल्याएका विधेयकहरु काम होइन ? संन्धि संझौता विधेयकहरु अनुमोदनका निम्ति ल्याएको यो काम होइन ?’ उनले प्रश्न गरे ।

नेता पण्डितले अब यो संसदीय प्रणाली नै काम लाग्दैन भन्ने ठान्नेहरु, आस्था र विश्वास कम भएकाहरु र यसलाई असफल बनाउन चाहाने तथा संविधान समाप्त पार्न चाहानेहरु, संसदको काम छैन भनेर सरकारको विरोध मात्र गरिरहेको बताए ।

‘सरकारको मात्र विरोध गर्ने र सरकार हटाएर आफु जान सकिन्छ भन्ने चाहना र भावनजा राख्नेहरु र कुन्ठा बोक्नेहरुलाई के भन्ने संसदले काम नपाएको र सरकारले काम नदिएको भन्ने ? संसदसँग काम छ तर संसदले कामगर्न सकेको छैन,’ नेता पण्डितले भने, ‘यसमा सभामुखको विशेष भूमिकाको आवस्ूयकता छ । संसदले कामगर्न सकेन भनेर प्रश्न उठ्दा संसदका पदाधिकारी र सभामुखमाथि पनि प्रश्न उठ्छ । सरकारमाथि मात्रै उठ्दैन ।’

नेता पण्डितले जनताका आसा भरोसाका विषयहरुसँग सम्बन्धीत विधेयकहरु अगाडि बढाउन कुन राजनीतिक पार्टी तथा सांसदले रोकेको छ या मन्त्री र प्रधानमन्त्रीले रोकेका छन् ? भन्ने प्रश्न गर्दै यदि बाधा र अवरोधहरु छन् भने संसदलाई जानकारी हुनुपर्ने बताए । ‘एकतर्फी सरकारले काम नदिएको र संसदको काम छैन र सरकारले बुझ्न सकेन भन्ने पूर्वाग्रह भन्दा अरु केही हुँदै । सबै पूव्राग्रहको जवाफ संसदले दिनुपर्ने र सभामुखले त्यसको अगुवाइ गर्नुपर्छ ।’

वि.सं.२०७७ चैत २६ बिहीवार १४:५३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...