Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सिंगटी हाइड्रोको आईपीओ बाँडफाँडको मिति तोकियो, साढे १२ लाखभन्दा बढीले शेयर नपाउने



२६ चैत्र, काठमाडौं । सिंगटी हाइड्रो इनर्जी कम्पनी लिमिटेडले जारी गरेको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएकको छ ।

कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीको आईपीओमा १६ लाख ३५ हजार ५ सय ३७ जना आवेदकबाट २ अर्ब ४६ करोड ६५ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४६ लाख ६५ हजार ६ सय ४० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणका लागि निष्कासन गरिएको भन्दा ९ दशमलव ३४ गुणा बढी हो ।

माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार ग्रोलाप्रथाबाट वितरण गर्दा २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका कित्ताका दरले सेयर हात पार्नेछन् भने बाँकि साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर नपाउने पक्का देखिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा