Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज



२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका तर्फबाट मन्त्री बनेका चार सांसदहरुको सांसदपद खारेज भएको छ ।

प्रतिनिधिसभाको विहीबार बसेको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार मन्त्रीहरुको सांसद पद खारेज भएको जानकारी दिएका हुन् ।

सभामुख सापकोटाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३४ को उपदफा १ बमोजिम कारबाहीको सिफारिस गरिएकाले राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम सांसद पद खारेज भएको जनकारी संसदलाई दिएका थिए ।

नेकपा माओवादी परित्याग गरेर एमालेमा गएका मन्त्रीहरु टोप बहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह र गौरी शंकर चौधरीको सांसद पद खारेजीका लागि केन्द्रले संसद सचिवालयमा मंगलबार निवेदन दिएपछि उनीहरुको सांसद पद खारेज भएको जनकारी सभामुख सापकोटाले दिएका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला