-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

नयाँ किसिमको जनयुद्धको आवस्यकता छ : अध्यक्ष प्रचण्ड



२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’ ले नेपालमा नयाँ किसिमको जनयुद्धको आवस्यकता रहेको बताएका छन् । उनले नेपालमा हाल प्रतिक्रान्तिकारी षणयन्त्र मौलाउन खोजेकाले तिनलाई परास्त गर्नका लागि सबै एकजुट भएर नयाँ किसिमको जनयुद्ध गर्नुपर्ने आवस्यकता रहेको बताए ।

विहीबार सुर्खेतमा आयोजित अखिल नेपाल महिला संघ क्रान्तिकारीको कर्णाली प्रदेशस्तरीय कार्यकरता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जनयुद्धमा सहभागि महिलाहरुको अझै कैयौं समस्याहरु यथावत रहेकाले तिनको समाधानका लागि पनि नयाँ किसिमको जनयुद्धको आवस्यकता रहेको बताए । उनले भने, ‘अब हुने जनयुद्धमा बन्दुकको प्रयोग हुदैन, यो युद्ध विचार र आवाजको हुने छ ।’

उनले जनयुद्धमा सहभागि भई योगदान दिएका महिलाहरुको उचित व्यवस्थापन गर्न आफुहरु चुकेको यथार्थ स्वीकार्दै अबको क्रान्ति महिला, आदिवासी, जनजाति, मधेशी लागायत उत्पीडित वर्गको अधिकार र सहभागिताको लागि गरिने पनि बताए ।
जनयुद्धमा भएको महिला सहभागिताले विश्वलाई चकित पारेपनि उनीहरुको योगदानको कदर हुन नसकेकाले अवको प्रमुख एजेण्डा नै महिला अधिकारको सुनिश्चितता रहको पनि उनले बताए ।

सिंहदरबारको अधिकार गाउँ गाउामा पु¥याउने आफुहरुको एजेण्डा पूरा भएर विकास र समृद्दिको एजेण्डा अगाडी बढाउन पार्टी एकता गरि अघि बढेकोमा ओलीको प्रतिक्रान्तिकारी षडयन्त्रका कारण त्यो पूरा गर्न नसकिएको उनले बताए । साथै उनले आफु जनताको अधिकार र समृद्दिका लागि अहिलेसम्म लडिरहँदा कतिपय एजेण्डाहरु स्थापित गर्न सकेपनि अझै केहि बाँकी रहेकाले आफ्नो अन्तिम सास रहेसम्म लडिरहने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ