
२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर एमालेमा प्रवेश गरेपछि सांसद पद खारेज भएका चार नेताले आजै मन्त्रीको सपथ खाने भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेसँगै टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आज ५ बजे पुनः मन्त्री पदको सपथ लिनेप्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
पार्टी छाडेर एमालेमा गएको भन्दै नेकपा माओवादी केन्द्रले मंगलबार सांसद पद खारेज गर्न भन्दै संसद सचिवालयमा दिएको निवेदन अनुरुप सभामुख अग्नि सापकोटाले विहीबारको संसदको बैठकमा राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ३५ को उपदफा १ र प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१२ को उपनियम १ बमोजिम सांसद पद खारेज भएको जानकारी संसदलाई दिएका थिए ।