back

लिड्ससँग शीर्ष स्थानको सिटी पराजित

वि.सं.२०७७ चैत २९ आइतवार

105 

shares
NTC AD
Global IME AD

२९ चैत, काठमाडौं । लिड्स युनाइटेडले प्रिमियर लिगको शीर्ष स्थानमा रहेको म्यानचेष्टर सिटीलाई पराजित गरेको छ । लिड्सले सिटीलाई उसैको घरेलु मैदानमा २-१ ले पराजित गरेको हो ।

पहिलो हाफमानै १० खेलाडीमा सिमित बनेको लिड्सले बलियो प्रतिद्धन्द्धी सिटीलाई पराजित गर्दा उसका लागि दुवै गोल स्टुअर्ड डल्लासले गरे । उनले पहिलो गोल खेलको ४२ औं मिनेटमा गरेका थिएभने दोस्रो गोल दोस्रो हाफको इन्जुरी टाइममा गर्दौ जित दिलाएका थिए ।

सिटीका लागि भने दोस्रो हाफको ७६औं मिनेटमा फेरान टोरेसलेले गोल गरेका थिए । पहिलो हाफको इन्जुरी टाइममा लियम कुपरले रातो कार्ड पाएपछि लिड्स दश खेलाडीमा समेटिएपनि जित निकाल्न सफल भएको थियो ।

जितसँगै ३१ खेलबाट ४५ अंकसहित लिड्स ९ औं स्थानमा छ । खेलमा हार व्यहोेरेको सिटीभने हारपछि पनि ३२ खेलबाट ७४ जोड्दै शीर्ष स्थानमै रहेको छ । ३० खेलबाट ६० अंकसहित म्यानचेष्टर युनाइटेड दोस्रो स्थानमा छ । समन ३० खेलबाट ५६ अंक जोडेको लेस्टर तेस्रो स्थानमा रहेको छ ।

वि.सं.२०७७ चैत २९ आइतवार ११:३३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल...

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

सगरमाथालाई हराउँदै इटहरी गोल्डकपको फाइनलमा त्रिभुवन आर्मी

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमीफाइनमा साबिक...

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

आयरल्याण्ड ‘ए’विरुद्ध नेपाल छ विकेटले विजयी

काठमाडौँ । नेपालले आयरल्याण्डको ए टोलीलाई ६ विकेटले पराजित गर्दै...

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

पर्यटन प्रवर्द्धन गर्न घलेगाउँमा फुटबल प्रतियोगिता

लमजुङ । फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एशियाकै...

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

इण्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आजदेखि

चितवन । इण्डो नेपाल टी-२० च्याम्पियनसिप प्रतियोगिता आजबाट भरतपुरमा सुरु...

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

बुढानिलकण्ठ क्लवले पठायो भलिवल प्रतियोगिताका लागि खेलाडीहरुको नाम

काठमाडौं । नेपाल भलिवल संघले यहि चैत ३ गतेदेखि अयोजना...