back

सवारी दुर्घटनामा परी एकको मृत्यु

वि.सं.२०७७ चैत २९ आइतवार

372 

shares
GLOBAL IME AD
NTC AD

२९ चैत, झापा । पूर्व–पश्चिम राजमार्गस्थित विर्तामोड नगरपालिका–६ मा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–५ बैसाबारीका ३८ वर्षीय रामकान्त चौधरी रहेको प्रहरीले जनाएको छ ।

पूर्वतर्फ आउँदै गरेको मे१ख २६२७ नंको बसलाई सोही दिशातर्फ आउँदै गरेको मे४प ६७४८ नंको मोटरसाइकलले उछिन्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको ना४ख ७२८९ नंको ट्रकले ठक्कर दिँदा उनी घाइते भएका थिए ।

घाइते मोटरसाइकल चालक चौधरीलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल पुरयाउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले ट्रक चालक इलाम देउमाई नगरपालिका–६ का ४२ वर्षीय निमा शेर्पा र बसचालक मोरङ उर्लाबारी नगरपालिका–४ का ३० वर्षीय खड्गबहादुर भुजेललाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेको छ ।
रासस

वि.सं.२०७७ चैत २९ आइतवार ११:४७ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत...

उद्यम गर्न चाहनेलाई  निर्ब्याजी ऋण दिँदै नगरपालिका

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण दिँदै नगरपालिका

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले...