Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

थालिस्मियाबाट थलिएकी छोरीको जीवन बचाउने बुबाले लेखे यस्तो मार्मिक गीत (भिडियोसहित)



२९ चैत, काठमाडौं । थालिस्मिया रोगबारे जनचेतना जगाउने उद्धेश्यले बास्तविक कथामा आधारित  गीत ‘फरक संसार’ श्रोता दर्शकमाझ आएको हो ।

१७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपण गराई बचाउन सफल बुबा राजु केसीले लेखेको यो गीतको भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनिक गरिएको छ ।

चर्चित गायक रामकृष्ण अधिकारीको स्वर रहेको उक्त गीतको भिडियोमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गरेका छन् ।

आफ्नो भाई जन्मेपछि भाईबाट बोनम्यारो प्रत्यरोपण गराएर १७ वर्षलामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको बास्तविक कथा यो गीतमा शब्द र भिडियोबाट प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा रामकृष्णसँगै अस्मिता अधिकारी, नया खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले यसमा अभिनय गरेका छन् ।

भिडियो लोकार्पण समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराए ।
यही रोगको बारेमा जानकारी दिन सोचे भन्दा फरक संसार गीत तयार गरेर भिडियो ल्याएको बताए ।

लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफु पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराईन् । उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छिन् । उनी अहिले पढ्दै छिन् ।

यस्तै पूर्वमन्त्री हिसिला यमी, व्यवसायी तथा लेखक कर्ण शाक्य, जेसिआई नेपालका अध्यक्ष अरुणेश्वर खनाललगायतले कार्यक्रममा थालिस्मिया रोगको बारे प्रकाश पार्दै यो रोगलाई जित्न सफल रोजिना खत्रीलाई दीर्घजीवनको कामना गरे ।

उक्त भिडियोलाई अशोक भुजेलले निर्देशन गरेका छन् भने इश्वर सिन्केमान र बिनय तामाङले खिचेको यो भिडियोलाई आईरिस मिडियाबाट रिलिज गरिएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा