
२९ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले निर्वाचन आयोगको मौनताका कारणा पार्टी भित्रको विवादले समाधानको बाटो पाउन नसकेको बताएका छन् । उनले निर्वाचन आयोज जस्तो संबैधानिक अंगले समयमै निर्णय नदिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
आइतबार वीरगञ्जमा सञ्चारकर्मीहरुसँग बोल्दै उनले भने, निर्वाचन आयोग जस्तो संवैधानिक अंगले फैसला गर्दैन, योभन्दा ठूलो विडम्बना के होला ’ । उनले पार्टीलाई पुन पुरानै स्वरुपमा लाने हो भने २ जेठ २०७५ काे अवस्थामा पार्टीलाई फर्काउन पर्ने धारणा राखे । उनले भने, ‘जेठ २ गतेसम्म राजनीतिक प्रतिवेदन, विधान, नेतृत्व जुन थियो त्यसलाई यथावत मान्नुपर्छ भनेका हौं,’।
आफुहरुको उक्त मागलाई बेवास्था गर्दै आफ्नो पक्षमा नहुने नेताहरुलाई ओलीले कारवाहिको डण्डा चलाएकोले हालको अवस्था आएको उनले बताए । उनले ओलीको सोहि कदमका कारणनै पार्टीमा समानान्तर कमिटी बनाउन परेको आसय समेत व्यक्त गरे ।
पार्टीमा लामो समय सङघर्ष गरेका नेताहरुलाई कारवाही गर्ने तर ओलीलाई सहयोग गरेकै भरमा माओवादी लगायत अन्यदल परित्याग गरि एमाले प्रवेश गरेकालाई केन्द्रिय सदस्य लगाएतको जिम्मेवारी दिएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरे । उनले आफुहरु अहिले पनि विधि सम्वत ढंगले छलफल गरेर अगि बढ्नु पर्ने पक्षमानै रहेको बताए ।