२९ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसले हाल सरकारको नेत्तृत्व लिनको लागि चालेको कदम रहर नभई बाध्यता रहेको बताएका छन् । उनले केपी शर्मा ओलीबाट भएका अलोकतान्त्रिक र असंवैधानिक कामलाई सुधार गर्दै लगेर चुनावसम्म नेतृत्व लिनु पर्ने बाध्यात्मक अवस्था आएको बताए ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले आफुहरुको प्राथमिक्तामा सरकारको नेतृत्व नपरेपनि ओलीको अलोकतान्त्रिक गतिबिधि माैलाउदै गएकाले बाध्यात्मक अवस्था आएको बताए । उनले भने, ‘अनैतिक काम गर्ने सरकारलाई राखिराख्नु ठीक हुँदैन,’ ।
काग्रेसले नेतृत्व लिएर चुनाव गराउने पनि उनले बताए । ‘कांग्रेसले आफ्नै नेतृत्वमा वैकल्पिक सरकार गठन गरेर बाँकी रहेको समयमा अलोकतान्त्रिक किसिमले गठन गरेका, मनोनित गरेका, संविधानको भावनाविपरीत गरेका कामहरुलाई संशोधन गरेर चुनाव गराउनका लागि जोड दिनुपर्छ ।’
सोहि कार्यक्रमा उनले कांग्रेस भित्रपनि मनोमानि ढंगले नेताहरुले पार्टीको निर्णय विपरीत अभिव्यक्ति दिने गरेको भन्दै त्यसले कांग्रेसलाई राम्रो नगर्ने पनि बताए ।
वि.सं.२०७७ चैत २९ आइतवार १३:२३ मा प्रकाशित