२९ चैत, पोखरा । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफ्नो पार्टी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्धमा आउने अविश्वासको प्रस्थापको पक्षमा रहने प्रष्ट पारेका छन् ।
अविश्वासको प्रस्थावमा हस्ताक्षर नगरेसम्म आफुहरु सदै शंकाको घेरामा रहने भएकाले हस्ताक्षरनै गरेर अगि बढ्ने अवस्ता आएको उनले बताए । ‘ अब हस्ताक्षर गरेनौं भने शंका हुने अवस्था आयो । यिनीहरुको कतै सत्ताधारीसँग साँठगाँठ छ कि भन्ने प्रश्न उठ्न थाल्यो’ अध्यक्ष केसीले भने, ‘त्यसकारण अब अविश्वासको प्रस्तावको पक्षमै हस्ताक्षर गरेर जाने स्थिति आइसकेको छ ।’
उता जनमोर्चाका सांसदहरुले पनि आफुहरु पार्टीबाट आउने निर्देशनको पर्खाइमा रहेको र पार्टीको निर्णय अुसारनै अगि बढ्ने बताउछन् । जनमोर्चासँगै गण्डकीमा नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको प्रदेस सभामा सहभागिता रहेको छ । प्रदेस सभामा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद रहेको छ ।
हाल सरकारमा रहेका मुख्यमन्त्री गुरुङको पक्षमा एमालेको २७ सांसद रहेका छनभने मनाङका स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङेको पनि साथ छ ।
वि.सं.२०७७ चैत २९ आइतवार १४:०३ मा प्रकाशित