
३० चैत, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले नामबियासँग एकदिवसीय सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय टोलीले नामिबियासँग एकदिवसीय सिरिज खेल्ने जनाएको छ ।
क्यानले मे महिनाको तेस्रो सातादेखि नामिबिया विरुद्ध एकदिवसीय क्रिकेट श्रृखलामा सञ्चाल गर्ने तयारी गरिएको बताएको छ ।
नामिबिया विरुद्धको श्रृखला अघि नेपाली राष्ट्रिय टिमले बैशाख ४ देखि नेपालकै घरेलु मैदानमा नेदरल्याण्ड र मेलेसिया विरुद्ध त्रिकोणात्मक टि-२० श्रृखला खेल्न गईरहेको छ । टियु मैदानमा आयोजना हुन त्रिकोणात्मक टि-२० श्रृखलाको पहिलो खेलमै नेपालले नेदरल्याण्डको सामना गर्ने छ ।