३० चैत, काठमाडौ । रुपन्देहीमा कोरोना संक्रमणबाट तीनजनाको निधन भएको छ ।
लुम्बिनी प्रादेशिक अस्पतालद्धारा सन्चालित कोरोना विशेष अस्पतालमा उपचारका क्रममा सोमबार तीनजनाको निधन भएको हो ।
अस्पतालका अनुसार कोरोना संक्रमण भइ भर्ना भएकी तिलोत्तमा नगरपालिका वडा नं १ की ७१ वर्षीया महिलाको सोमबार बिहान ७ः२५ मा उपचारका क्रममा निधन भएको हो ।
चैत २३ गते अस्पतालमा भर्ना भ र कोरोनाको उपचार गराइरहेकी उनको ज्वरो, निमोनिया, दम र स्वासप्रस्वासमा समस्या भइ उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका ३ निवासी ७९ वर्षीय पुरुषको पनि सोमबार बिहान निधन भएको छ । कोरोना संक्रमण्म भइ चैत २३ मा भर्ना भएका उनमा निमोनिया, दम र स्वासप्रस्वासमा समस्या देखिएको थियो । उनको सोमबार बिहान ७ः१४ मा निधन भएको अस्पतालले जानकारी दिएको छ ।
मालारानी ५ अर्घाखाँचीकी ७९ वर्षीया महिलाको पनि कोरोना संक्रमणका कारण निधन भएको छ । चैत २७ गते नै अस्पतालमा भर्ना भइ कोरोनाकोउपचार गराइरहेकी उनमा निमोनिया, दम र स्वासप्रस्वासमा समस्या रहेको र उपचारका क्रममा सोमबार ९ः५० मा िनिधन भएको अस्पतालले जनाएको छ ।
केही महिनादेखि संक्रमणबाट मृत्यु हुनेको संख्या सून्य रहेको रुपन्देहीमा आज बिहान मात्रै तीनजनाको निधन भएको हो ।
वि.सं.२०७७ चैत ३० सोमवार १२:०६ मा प्रकाशित