
३० चैत्र, काठमाडौं । सरोकारवाला निकायहरुले तत्काल विद्यालय बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।
सोमबार शिक्षा मन्त्रालयले आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय गर्ने जिम्मा स्थानीय सरकारलाई दिनुपर्ने बताए ।परीक्षाहरु आइरहेको र कोरोना संक्रमणको जोखिमलाई देखाएर विद्यालय बन्द गर्ने निर्णय केन्द्र सरकारबाट गर्न नहुने उनीहरुको सुझाव छ ।
उक्त छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा।चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन्।
विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय नभएको र विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्नेसमेत उनीहरुले धारण राखेका छन् ।
छलफलमा आएका सुझावहरुलाई मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा मन्त्रालयका अधिकारीहरुले बताएका छन् । छलफलमा उठेका कुराहरुलाईशिक्षा सचिव रामप्रसाद थपलियाका अनुसार आफूहरुले सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने बताए।