back

राष्ट्रिय सहमतिको सरकार गठन गर्न तयार होऔं, पुनः संसद विघटनको बाटो नरोज्नुहोस् : नेता प्रदिप गिरी

वि.सं.२०७७ चैत ३० सोमवार

318 

shares
GLOBAL IME AD
NTC AD

३० चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदिप गिरीले राष्ट्रिय सहमति कायम गरेर भएपनि पुनः संसद विघटन हुने सम्भावना रोक्नुपर्ने बताएका छन् । उनले प्रधानमन्त्रीले आफु चिरञ्जीबि रहेको अहम त्यागेर बर्तमान संविधानको कमिकजोरी सुधारमा सहयोग गर्नुपर्ने बताए ।

संसदको सोमबारको विशेष समयमा बोल्दै सांसद गिरीले प्रधानमन्त्रीको अहमका कारण हालको अवस्था आएकोले समाधान खोज्नु पर्नेमा जोड दिए। अहिलेको संकटको मुख्य दोषी प्रधानमन्त्री केपी शर्मा ओली हुन्, अब छोड भनेर पुग्दैन । समाधान दिनुपर्छ ।’ त्यसका लागि आवश्यक पर्छ भने राष्ट्रिय सहमतिको सरकार बनाउन पनि तयार हुनुपर्ने उनले बताए ।

संविधानलाई अपरिवर्तनिय ठान्दापनि हालको समश्या आएको उनले बताए । २०४७ सालको संविधानलाई यस्तै विश्वको नमुन संविधान भन्दा सानो समुहले गरेको विद्रोहबाट संविधान नरहेको कुरा स्मरण गराउदै उनले संविधानलाई सिध्याउने खेलमा लाग्नुको सट्टा आदिवासी, जनजाति, मदेशी र दलित लगायतको तमाम समश्याहरु समाधान हुने गरि संविधान संसोधन गर्नुपर्ने धारणा राखे ।

उनले सरकारले राष्ट्रवादी बन्नको लागि जारी गरेको नक्शाको हालको बिजोक अवस्था आएकोमा समेत चिन्ता व्यक्त गरे । साथै अन्य मुलुकले हामिलाई के ग¥या के गरेन भन्दापनि हामि हाम्रो ठाउमा ठिक भए अरुले केहि गर्न नसक्ने धारणा समेत राखे ।

वि.सं.२०७७ चैत ३० सोमवार १५:११ मा प्रकाशित

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

लोकतान्त्रिक गणतन्त्रले जनतालाई जनार्दन बनाएको छ : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...