३० चैत्र, काठमाण्डौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको निधनप्रति सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति देउवाले रामचन्द्र पौडेलजीका भाई गोविन्दराज पौडेलको निधनमा दःख व्यक्त गरेका छन् । ‘मेरा मित्र रामचन्द्र पौडेलजीका भाई चितवन रत्न नगर निवासी गोविन्दराज पौडेलको निधनको खबरले दुखित भएको छु।’ सभापति देउवाले लेखेका छन् ‘स्वर्गीय पौडेलको आत्माको चिर शान्तिको कामना गर्दै शोककुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछु।’उनले लेखेका छन् ।
गोविन्दराज पौडेलको निधनका कारण आज बस्ने भनिएको काँग्रेस केन्द्रीय कार्य समिति बैठक समेत स्थगित भएको छ । काँग्रेसले केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजेलाई बोलाएको थियो । गोविन्दराज पौडेल चितवन रत्ननगरमा रहँदै आएका थिए ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले भाइको निधनले आफू एक्लो भएको बताएका छन् । भाइको निधनले मर्माहित भएको बताउँदै उनले फेसबकुमा लेखेका छन् ‘राजनीति जीवनकालमा सधै सहयोगी भूमिका निर्बाह गरेका भा गोविन्दको निधनले आफूलाइ एक्लो भएको महशुस गरेको छु ।’
वि.सं.२०७७ चैत ३० सोमवार १५:१२ मा प्रकाशित