Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सत्ता जोगाउने ओलीको नयाँ टोकन : एमसीसी !

काठमाडौं । जनता समाजवादी पार्टीभित्रको पूर्व राजपा समूहको अनिर्णयको कारण नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जसपाबीचको गठबन्धन निर्माणको विषय अहिले अन्यौंलमा छ । धेरै चरणमा पार्टीहरुबीच छलफल भएपनि पूर्व राजपा समूहको कारण निष्कर्षमा पुग्न सकेको छैन् । पछिल्ला छलफलमा कांग्रेस र माओवादी केन्द्रबीचको धारणा समान देखिन्छ । तर, कांग्रेस, माओवादी केन्द्र र जसपाबीच छलफल निष्कर्ष नजिक पुग्न लागेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक टोकन फालिदिएका छन् ।

लामो समयदेखि अन्यौंलमा रहेको अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौतासम्बन्धी विषयलाई प्रधानमन्त्री ओलीले नयाँ टोकनको रुपमा राजनीतिमा प्रवेश गराएका हुन् । ओलीको टोकनले राजनीति थप अन्यौंलपूर्णं बन्ने निश्चित देखिएको छ ।

सर्वोच्च अदालतको फैसलासँगै फेरिएको राजनीतिक समिकरणमा ओली अप्ठ्यारो ठाउँमा पुगेका छन् । उनी सत्तामा बहुमत विहिन मात्रै छैनन् पार्टी आन्तरिक समिकरणमा पनि समस्यामा छन् । यस्तो अवस्थामा सत्ता टिकाउने अनौठो टोकनको रुपमा ओलीले एमसीसीलाई अगाडि बढाएका हुन् ।

गठबन्धन टुटाउने सजिलो सुत्र

सर्वोच्च अदालतको फैसलासँगै फेरिएको राजनीतिक समिकरणमा ओली अप्ठ्यारो ठाउँमा पुगेका छन् । उनी सत्तामा बहुमत विहिन मात्रै छैनन् पार्टी आन्तरिक समिकरणमा पनि समस्यामा छन् । यस्तो अवस्थामा सत्ता टिकाउने अनौठो टोकनको रुपमा ओलीले एमसीसीलाई अगाडि बढाएका हुन् ।

उनले एमसीसीमार्फत राजनीतिक दलहरुबीच बन्न लागेको गठबन्धन मात्रै टुटाउन चाहन्नन् सत्ता समिकरण पनि परिवर्तन गराउन चाहन्छन् । उनले एमसीसी पक्षधर र एमसीसी विपक्षका शक्तिलाई छुट्याएर सत्ता समिकरण बनाउन चाहेका छन् ।

एमसीसी सम्झौता भित्र्याएको नेपाली कांग्रेससँग मात्रै नभई जसपाको पूर्वराजपासँग एमसीसी मुद्दामा ओलीको समान धारणा छ । यदि एमसीसीकै विषयमा ओलीले कांग्रेस र जसपाभित्रको राजपासँग नयाँ समिकरण बनाउन सकेमा हालको गठबन्धन टुट्ने सम्भावना छ । साथै तत्कालिन अन्यौंलतालाई थप लम्ब्याउन सकिने सम्भावना पनि छ ।

एमसीसीकै कारण अलमलिन सक्छ राजनीति

शनिबारको सर्वदलीय बैठकमा एमसीसी मुद्दाले मुख्य प्राथमिकता पाएको थियो । बैठकमा दलहरुको उपस्थितिलाई हेर्दा पनि एमसीसी मुद्दाका आधारमा समर्थक र विरोधीबीच कित्ताकाट भएको देखिन्छ । बैठकमा नेकपा (माओवादी केन्द्र)मात्रै नभई एमालेको माधवकुमार नेपाल पक्ष र जसपाभित्रको पूर्व संघीय समाजवादी पक्षको अनुपस्थितिले फरक सन्देश दिएको छ ।

तथापी हालको सत्ता समिकरणमा विपक्षमा देखिएको नेपाली कांग्रेस र जसपाको पूर्वराजपा समूह एमसीसीको मुद्दासँगै ओली नजिक देखिएका छन् । जुन ओलीका लागि निकै फाईदाजनक विषय पनि हो ।

ओलीले आफुँविरुद्व गठबन्धन निर्माणको प्रयास भईरहेका बेला एमसीसीको टोकनलाई अगाडि सार्दै तत्कालिन रुपमा देखिएको तरलतालाई आफुँ अनुकुल बनाउन खोजेका छन् । उनले एमसीसीलाई अगाडि बढाउँदै देखिएको अन्यौंलतालाई थप लम्ब्याउने समेत प्रर्यत्न थालेका छन् । जुन उनका लागि निकै नै फाईदाजनक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा