Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

आफै ब्रोकर छान्ने ब्यवस्था गर्दै धितोपत्र बोर्ड



५ बैशाख, काठमाडौं । धितोपत्र बोर्डले नै सेयर ब्रोकर छान्ने व्यवस्था गर्न लागिएको छ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले गर्दै आएको सेयर ब्रोकर छानेर अनुमतिपत्रका लागि बोर्डमा सिफारिस गर्ने प्रणालिमा परिवर्तन गर्न लागिएको हो ।

पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले यसअधिको व्यवस्था परिमार्जन गरि छनोटको सबै अधिकार बोर्डमा नै ल्याउने तयारी गरेको छ ।

हाल धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ अनुसार आफूले अनुमति दिएको संस्थाले ब्रोकर छान्ने, अनुमतिपत्रका लागि सिफारिस गर्ने र सोहीबमोजिम नियामक निकायले लाइसेन्स बाँड्ने व्यवस्था रहेकोमा यो व्यवस्थामा परिमार्जन गर्न लागिएको हो ।

यसअघि ब्रोकरको शाखा स्थापनाका लागि पनि नेप्सेले सीधै अनुमति दिन सक्थ्यो  । तर, धितोपत्र बोर्डले त्यो व्यवस्थामा पनि परिमार्जन गरि ब्रोकरको शाखा स्थापनाका लागि आफैं लाइसेन्स दिने नियम लागुगरेको थियो ।

बोर्डको तयारीका वावजुत जानकारहरुभने अन्तर्राष्ट्रिय क्षेत्रको अभ्यासको विपरित काम गर्न लागिएको बताउछन् । अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रोकरको संख्या यकिन गर्ने र लाइसेन्सका लागि नियामक निकायमा पठाउने अभ्यास छ । जानकारका अनुसार नेप्सेले सिफारिस गर्दा आफ्नो क्षमता कति हो , कति ब्रोकरलाई लाइसेन्स दिँदा सिस्टमले थेग्छ लगायत थाहा हुनेभएपनि बोर्डले यो सबैकुराको समायोजन गर्न सक्दैन ।

बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ पनि परिमार्जनको तयारी गरेको छ । बुक बिल्डिङ विधिबाट पहिलोपटक सेयर निष्कासन गर्न लागेको सर्वोत्तम सिमेन्टलाई लक्षीत गरी नियमावली परिमार्जनको तयारी गरिएको छ । निवमावलीमा सेयर जारी गर्ने संस्था पब्लिक लिमिटेड कम्पनीका रूपमा कम्तीमा एक आर्थिक वर्ष पूरा गरेको हुनुपर्ने व्यवस्था ल्याउन लागिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा