
५ बैशख, काठमाडौं । बाँकेको भेरी अस्पतालले कोरोना संक्रमण आक्रामक रुपमा फैलिएको बताउँदै सबैलाई सतर्कता अपनाउन सुझाएको छ । अस्पतालमा २४ घण्टाभित्रमा गरिएको ८१ नमुना परीक्षणमा ७५ जनामा कोरोना संक्रमण भेटिएको बताउँदै कोरोनाको Positivity Rate ९२.६ प्रतिशत रहेको समेत अस्पतालले जनाएको छ ।
अस्पतालले श्वास प्रश्वास सम्बन्धी समस्या, ज्वरो वा अन्य लक्षण सहित आएका व्यक्तिहरुको नमुना परीक्षणका क्रममा गरिएको नमुना परीक्षणमा यत्तिको संख्यामा संक्रमित भएको पाइएको जनाएको छ ।
कोभिड महामारी सुरु भएपछि अस्पतालमा स्थापना गरिएको कोरोना विशेष आइसोलेशन वार्डको १०२ बेड, संकास्पद विरामी राख्ने ४० शैथ्याको Pre-isolation Ward गरी जम्मा १४२ क्षमताका बेड करिब–करिब भरिइसकेको अस्पतालले जनाएको छ । साथै १५ शैथ्याको कोभिड आइसीयु पनि विरामीले भरिइसकेको जनाएको छ ।
‘संक्रमण फैलिने क्रम नरोक्ने हो भने अस्पतालहरूले थेग्न नसक्ने गरि बिरामीको चाप बढ्दा समग्र स्वास्थ्य प्रणाली नै फेल हुन सक्ने जोखिम रहेको छ ।’ अस्पतालले आइतबार एक सूचना जारी गर्दै भनेको छ ।
COVID-19 संक्रमण आक्रमक रुपमा फैलिने क्रम जारी छ । विगत २४ घन्टामा यस अस्पतालको प्रयोगशालामा ८१ नमुनामा RTPCR गरिएकोमा…
Posted by Bheri Hospital on Saturday, April 17, 2021
समुदायमा संक्रमणको अवस्था कस्तो छ भनेर पहिचान गर्न समुदायस्तरबाटै नमुना संकलन गरि परिक्षण गर्नु आबश्यक रहेको बताउँदै अस्पतालले भनेको छ, ‘यसको निम्ति नेपाल सरकारबाट पर्याप्त रियाजेन्ट/अन्य आबश्यक सामाग्री प्राप्त हुने र स्थानिय निकायहरूबाट नमुना संकलन गरि पठाइदिने हो भने परिक्षणको दायरा थप बढाउन भेरी अस्पताल हरदम तयार छ ।’
अस्पतालले भिडभाड नगरिदिन, अत्याबश्यक काम नपरेसम्म घरबाट ननिस्कन, मास्कको अनिवार्य प्रयोग गर्न, भौतिक दूरी कामय गर्न तथा रुघा÷खोकी, ज्वरोका लक्षण देखा परेमा स्वएकान्तबा बस्न समेत अनुरोध गरेको छ ।
अस्पतालले भनेको छ ‘स्वाब परिक्षणमा पोजिटिभ आएका व्यक्तिहरूले समेत घरमै पर्याप्त आराम गर्ने, थर्मोमिटरको प्रयोग गरि तापक्रमको अभिलेख राख्ने, सामान्य ज्वरो आएमा सिटामोल आबश्यकता अनुसार प्रयोग गर्ने, रगतमा अक्सिजनको मात्रा नाप्न Pulse Oximeter को व्यवस्था गरि समयसमयमा नाप्ने, स्वास प्रस्वासमा समस्या आएमा, जरो नियन्त्रण नभएमा वा अक्सिजन स्याचुरेसन ९४% भन्दा कम भएमा अस्पतालमा आउनुहुन समेत सम्पूर्ण जनसमुदायमा अनुरोध छ ।’