५ बैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राम बहादुर थापा ‘बादल’लाई गृहमन्त्रीमा नियुक्ति गरेकी छन् ।
राष्ट्रियसभा सदस्यबाट आइतबार पदमुक्त भएका थापा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुनः गृहमन्त्रीमा नियुक्त भएका हुन् । थापाले आजै राष्ट्रपति भवनमा मन्त्री पदको सपथ खाने बताइएको छ ।
वागमती प्रदेशसभाबाट राष्ट्रिय सभा सांसद बनेका थापाले सर्वोच्च अदालतको २३ फागुनको निर्णयले नेकपा बदर गर्दै नेकपा एमाले नेकपा माओवादी केन्द्र व्युँत्याइ दिएपछि थापाले माओवादी केन्द्र त्यागेर एमालेमा लागेका थिए । माओवादी केन्द्रले उनको सांसद पद खारेज गर्न संसद सचिवालयमा पत्र पठाएपछि आइतबार उनको सांसद पद खारेज भएको थियो ।