५ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई दिएको समर्थन फिर्ता नलिएकाले अहिले पनि बहुमतकै सरकार रहेको बताएका छन् ।
आइतबार बुढानिलकण्ठस्थि आफ्नै निवासमा श्रीराम श्रेष्ठद्धारा लिखित कृति ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचनका क्रममा सभापति देउवाले बहुमतको सरकार भएका बेलामा नेपाली कांग्रेसले अरु कुनै कुरा नसोचेकेको र केपी ओली नेतृत्वको सरकारलाई बहुमतकै सरकार मानेको बताए ।
‘भोली दाहालजीहरुले अलग्गै पार्टी बनाउनु भयो भने त्यसबेला सोच्ने कुरा हो,’ सभापति देउवाले भने, ‘बहुमतको सरकारमा हामीले प्रधानमन्त्री चाहियो भन्ने कुरा पनि छैन । राजनीतिक पररिस्थिले हामीले नै नेतृत्वगर्ने अवस्था आयो भने पछि हट्दैनौं ।’
वि.सं.२०७८ वैशाख ५ आइतवार १४:३८ मा प्रकाशित