
५ वैशाख काठमाडौं । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजमा नेदरल्याण्ड्सका म्याक्स ओ’डोडले सतक प्रहार गरेका छन् । उनले अबिजित रहदै ७३ बलको सामान गरेर १३३ रन बनाएका हुन् ।
टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारीत २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको हो । नेदरल्याण्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडी बनेका म्याक्स ओ’डोडले अविजित १३३ रन बनाएभने उनीसँगै ओपनिङमा आएका भिसेभने एक रन बनाएर पेविलिएन फर्किए, त्यस्तै इड्वार्डले ३१ रन बनाएभने कुपरले २० रन बनाए ।
म्याक्सले सतक पुरा गर्नको लागि ५९ बल खेल्दै १० चौका र ५ छक्का मद्दतमा १०२ रन बनाएका थिए । उनले १८औं ओभरको पहिलो बलमा मलेसियाका सायद अजिजलाई चौका प्रहार गर्दै शतक पूरा गरे । दोस्रो इनिङमा ब्याटिङमा रहेको मलेसियाले आठ ओभरको समान्तिमा ३ विकेट गुमाउदै ७१ रन जोडेको छ ।