५ बैशाख, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रले भोली सोमबार बैठक बोलाएका छन् । नेकपा एमालेले केन्द्रीय समिति र माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएका हुन ।
एमालेले पछिल्लो समसामयिक विषयमा छलफल गर्नको लागि केन्द्रीय समितिको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको छ । एमालेले बैठक दिउँसो १ बजेका लागि बोलाएको केन्द्रीय सदस्य शेरबहादुर तामाङले जानकारी दिए ।
सोहि समयमा नै नेकपा माओवादी केन्द्रले पार्टी कार्यालय पेरिसडाँडामा स्थायी समिति बैठक बोलाइएको छ । उसले बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिनसक्ने छ ।
वि.सं.२०७८ वैशाख ५ आइतवार १५:५१ मा प्रकाशित