Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

दोस्रो खेलमा नेदल्याण्ड १५ रनले विजयी, टि-२० अन्तराष्ट्रिय क्रिकेटमा म्याक्स ओ’डोडको पहिलो सतक



५ वैशाख, काठमाडौँ । काठमाडौँमा जारी त्रिकोणात्मक टी-२० सिरिजको दोस्रो खेलमा नेदरल्याण्डले मलेसिया विरुद्ध १५ रनले जित हासिल गरेको छ ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले २० ओभरमा २ विकेट गुमाएर १९१ रन बनाएको थियो । नेदरल्याण्डका लागि ब्याटिङ्गमा म्याक्स ओ’डोडले सतकीय पारी खेलेका थिए । उनी ७३ बलको १३३ रन बनाएका नटआउट रहेको थिए । त्यसक्रममा उनले १५ चौका र ६ छक्का प्रहार गरेका थिए । उनी नेदरल्याण्डका लागि टि-२० अन्तराष्ट्रिय क्रिकेटमा सतक बनाउने पहिलो खेलाडी पनि बनेका छन । त्यसैगरी स्कट एडवर्ड्सले ३३ र बेन कूपरले २० रनको पारी खेलेका थिए । मलेसियाका लागि बलिङ्गमा भने पवनदीप सिंह र अन्वर रहमानले समान १ १ विकेट लिएका थिए ।


नेदरल्याण्डले दिएको १९२ रनको विशाल लक्ष्य पछाएको मलेसियाले २० ओभरमा ८ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि ब्याटिङ्गमा वीरनदीप सिंहले सर्वाधिक ८७ रन बनाएका थिए । त्यसक्रममा उनले ६ चौका र ६ छक्का प्रहार गरेका थिए । त्यसैगरी शार्विन मुनिआन्डी र अमीनउद्दीन रम्ली समान २८/२८ रन बनाएर आउट भएका थिए । मलेसियाका यी ३ खेलाडी बाहेका अरु कसैले पनि दोहोरो अकंमा रन जोड्न सकेनन । नेदरल्याण्डका लागि बलिङ्ग तर्फ भने आर्यन दत्त, बास डि लीडे र सेबस्टियान ब्राटले सर्वाधिक २/२ विकेट लिएका थिए ।

जितसँगै नेदरल्याण्ड विरुद्धको खेलबाट २ अकं जोडेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा