back

तपाईको आज (मंगलबार) को राशिफल, हेर्नुहोस् आज कुन–कुन राशिकालाई छ त विशेष लाभ ?

वि.सं.२०७८ वैशाख ७ मंगलवार

126 

shares
NTC AD
Global IME AD

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आवेशमा गरिएको निर्णयले समस्या निम्त्याउने हुँदा व्यवहारमा सजग रहनुपर्ला । ईर्ष्या गर्नेहरूले नै काममा अवरोध पुर्याउन सक्छन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । मिहिनेत गर्दा जटिल ठानिएको काम समेत सम्पादन हुनेछ । रोकिएका काममा भने दोहोर्याएर प्रयत्न गर्नुपर्ला । आफन्तजनले उत्साह जगाउनेछन् र दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
अवसर प्राप्त भए पनि परिस्थिति त्यति सहज नरहला । सहयोगीहरूले आफ्ना कमजोरीको फाइदा उठाउन सक्छन्। अप्ठ्यारो पर्दा साथ दिने थोरै हुनेछन् । बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ । मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन् । काम सम्पादन भए पनि तत्काल आम्दानीको आशा नराख्नुहोला। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह
पहिलेको संकल्प पूरा गर्ने समय छ । काममा राम्रो सुरुवात हुनाले सोचेको नतिजा हातलागी हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्न सकिनेछ । तर, परिस्थितिको चक्रमा अलमलिनुपर्दा कार्यसम्पादनमा समय लाग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले काम पनि दोहोर्याउनुपर्ला ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन् । प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ । रचनात्मक काम प्रारम्भ गर्ने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
खर्च लागे पनि लगानी बढाउने अवसर प्राप्त हुनेछ । दिगो योजनाका लागि ऋण लिने समय छ । अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि उपलब्धि हातपार्न सकिनेछ । शुभचिन्तकहरूको सहयोग प्राप्त हुनेछ । तर सानो काम बनाउन अधिक खर्च हुनेछ । बेसुरको निर्णयले पछिलाई समस्या पर्न सक्छ । छर–छिमेकमा असमझदारी बढ्नेछ । आफन्त पनि टाढा हुनेछन् ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । परिश्रमको फल प्राप्त हुनाले व्यापार तथा साझेदारीमा लाभ हुनेछ । कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ । आम्दानीका विभिन्न स्रोत देखिए पनि लगानीतर्फ लागत बढ्नेछ । आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन् । मिहिनेत गर्दा लक्ष्य प्राप्त हुनुका साथै पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
उपलब्धि प्राप्त गर्न केही कुरा त्याग्नुपर्ला । काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ने देखिन्छ । मिहिनेतले आंशिक सफलता प्राप्त हुनेछ । फाइदा कमै भए पनि आँटेको काम सम्पादन हुनेछ । आफ्नो कमजोरी बाहिरिनाले आलोचकहरू बढ्न सक्छन् । अरूको उपकार गर्न सकिनेछ । तर धेरै समर्पणले पनि स्वाभिमानमा दाग लाग्न सक्छ । बुद्धिको उपयोगले मात्र लक्ष्य प्राप्त हुनेछ ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
प्रयत्न गर्दा अवसर पाइनेछ । परोपकारी काममा सहभागी भइनेछ। तर आफ्ना कमजोरीको फाइदा उठाउनेहरू निकै सक्रिय हुनेछन् । धेरै समय अरूका लागि जुट्नुपर्नेछ । लक्ष्यमा पुग्न निकै संघर्ष गर्नुपर्ला । श्रमपूर्वक समर्पित हुँदा पनि कामको मूल्य कम मात्र प्राप्त हुने देखिन्छ । तापनि कामलाई निरन्तरता दिन सकिनेछ । व्यवसायतर्फ हिसाबकिताबमा होसियार रहनुहोला ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ । गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ । बेसुरमा काम गर्ने बानीले समस्या निम्त्याउन सक्छ । समयमा गम्भीर नबन्दा व्यर्थैमा दुःख पाइनेछ । स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला । कामको चाप बढ्नेछ भने बाध्यात्मक परिस्थितिले पनि अलमल्याउन सक्छ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
मानसम्मान प्राप्त हुनुका साथै प्रियजनसँग रमाइलो भेटघाट, घुमफिर तथा मनोरञ्जनको समय छ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। व्यवसायको सन्दर्भमा यात्रा हुन सक्छ । वादविवादले आँटेका काममा केही बाधा पुर्याउन सक्छ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
कविवादास्पद काममा अलमलिनुपर्दा चिताएको काम रोकिन सक्छ । अवसरवादीहरूबाट सजग रहनुहोला। आफ्नै कमजोरीले चिन्ता बढाउन सक्छ। परिस्थिति अलि संघर्षपूर्ण रहला । बलजफ्तीले समस्या निम्त्याउन सक्छ । आफ्ना सामानमा अरूले दाबी गर्लान्। ईर्ष्या गर्नेहरूले सताए पनि केही सहयोगी जुट्नेछन् र आस मारेको नतिजा अन्त्यमा सकारात्मक हुनेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
एकसाथ चुनौती र कामको अवसर प्राप्त हुन सक्छ । तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला । चिताएको काममा मेसो नमिल्दा योजना पूरा नहुन सक्छ । आफ्ना कामबाट अरूले फाइदा उठाउन सक्छन् । स्वास्थ्य–चिन्ताले सताउला । अध्ययनमा बाधा हुनेछ भने अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला । नयाँ काम थाल्न शुभचिन्तकहरूले मात्र साथ दिनेछन् ।

२०७८ वैशाख ७ गते, मंगलवार, (२० अप्रिल २०२१)
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

तपाईको आज (सोमबार) को राशिफल भन्छ–आज यी ६ राशिकालाई हुनेछ विशेष लाभ

वि.सं.२०७८ वैशाख ७ मंगलवार ०८:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD