७ वैशाख, काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा नेदरल्याण्डको सामना गर्न गईरहेको छ ।
यस प्रतियोगितामा नेपाल अपराजित रहेको छ । प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो भने नेपालले आफ्नो दोस्रो खेलमा मलेसियालाई पनि ९ विकेटले नै पराजित गरेको थियो । नेदरल्याण्ड भने आफ्नो पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित हुदाँ दोस्रो खेलमा मलेसियालाई १५ रनले पराजित गरेको थियो ।
नेपाल २ खेलबाट ४ अकं जोड्दैँ अकं तालिकाको पहिलो स्थानमा रहेको छ भने नेदरल्याण्ड २ खेलबाट २ अकं जोड्दै अकं तालिकाको दोस्रो स्थानमा रहेको छ । लगातार दुई खेलमा जित निकालेको नेपालले आफ्नो प्लेइङ्ग-११ मा जित निकाल्ने सम्भावना निकै कम रहेको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले दर्शकलाई मैदान प्रवेशमा रोक लगाएको छ । बैशाख ६ गते सम्पन्न नेपाल सरकारको मन्त्रि परिषदको बैठकले सार्वजनिक कार्यक्रममा २५ जना भन्दा बढी व्यक्तिहरु उपस्थित हुन्, दर्शक शहीतको खेलकुद प्रतियोगिता संचालन गर्न नपाइने आदेश जारि गरेसंगै नेपाल क्रिकेट संघले किर्तिपुर स्थीत क्रिकेट मैदानमा जारि त्रिकोणात्मक टि-२० श्रृखलाको खेलहरु दर्शक बिनै गर्न लागेको हो ।
यी दुई टिम बिचको खेल नेपाली समय अनुसार १:१५ बाट सुरु हुनेछ ।
नेपालको सम्भावित प्लेइङ्ग-११
ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी, विनोद भण्डारी, आशिफ शेख, करण केसी, सन्दीप लामिछाने, अविनाश बोहरा, कुशल भुर्तेल, साहब आलम।
नेदरल्याण्डको सम्भावित प्लेइङ्ग-११
म्याक्स ओडोड, स्कट एडवर्ड्स, बेन कूपर, बास डी लीडे, पिटर सीलार, पल भ्यान मिकेरेन, फिलिप बोइसेभैन, भिभियन किंग्मा, एन्टोनियस स्टाल, आर्यन दत्त, जुलियन डि मे ।
वि.सं.२०७८ वैशाख ७ मंगलवार ११:५४ मा प्रकाशित