
७ वैशाख, काठमाडौं । आज (मंगलबार) नेपाली बजारमा सुनको भाउ ३ सय रुपैयाँले घटेको छ ।
सुनचाँदी व्यवसायी महासंघ अनुसार आज छापावाला सुनको भाउ प्रतितोला ९० हजार ७ सय रुपैयाँ, तेजावी ९० हजार २ सय रुपैयाँ निर्धारण गरेको छ ।
यसैगरी, आज चाँदीको भाउ तोलाको १ हजार ३ सय रुपैयाँ रहेको महासंघले जनाएको छ । अघिल्लो दिन (सोमबार) छापावाला सुनको भाउ प्रतितोला ३ सय रुपैयाँ बढेर ९१ हजार, तेजावी ९० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।