७ वैशाख, काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले १ अर्ब ५० करोड रूपैयाँ बराबरको १ करोड ५० लाख कित्ता कित्ता साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्रीका लागि अनुमति पाएको हो । कम्पनीले बैशाख ५ गते आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो ।
अनुमति पाएसँगै कम्पनीले पहिलो चरणमा १० प्रतिशत दरको ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानिय बासिन्दाको लागि आईपीओ बिक्री गर्नेछ । साथै दोस्रो चरणमा १५ प्रतिशतका दरले ९० करोड रूपैयाँ बराबरको ९० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने
कम्पनीले जनाएको छ ।
कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।