
७ बैशाख, काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धिलाई पनि कोरोना संक्रमण देखिएको छ ।
पछिल्ला केहि दिनयता देशका विभिन्न क्षेत्रमा चुनावी प्रचारमा लागेका नेता गान्धीले मंगलबार सामाजिक संजालमार्फत् आफु कोरोना संक्रमति भएको जानकारी दिएका हुन् ।
पश्चिम बंगलको चुनावी र्यालीमा रहेका बेला बढ्दो कोरोना संक्रमणलाई मध्येनजर गर्दै र्याली रोकेर फर्किएका गान्धीले आफु हाल होम आइसोलेशनमा रहेको जानकारी दिँदै आफुसँग सम्पर्कमा आएकाहरुलाई कोरोना परीक्षण गर्न तथा स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका छन् ।
After experiencing mild symptoms, I’ve just tested positive for COVID.
All those who’ve been in contact with me recently, please follow all safety protocols and stay safe.
— Rahul Gandhi (@RahulGandhi) April 20, 2021