
७ वेशाख, काठमाडौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
संस्थाको दशौं र एघारौं सभा आज (वैशाख ७ गते मंगलबार) टास्क इन्टरनेशनलको सभाहल, पोखरा, कास्कीमा सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, संस्थाको सेयर स्वामित्व संस्थापक तर्फको ५४.५२ र सर्वसाधारणतर्फ ४५.४८ कायम गर्ने प्रस्ताव पनि पेश भएको छ ।