-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

कोरोना भाइरसको दोस्रो लहरबाट कसरी सुरक्षित हुने ?



विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना संक्रमण दिनप्रतिदिन झन खतराको रुपमा अगाडी बढ्दैछ र अहिले महामारीको दोस्रो प्रजातिले (जुन पहिलो प्रजाति भन्दा ६०-७० गुणा बढी संक्रामक छ) विश्वलाई नै चुनौती दिईरहेको छ । यो प्रजाति बेलायतबाट देखिन सुरु गरि ब्राजिल, दक्षिण अफ्रीका लगायत अहिले विश्वका अधिकांस देशहरुमा फैलिरहेको छ। कोरोना बिरुद्धको खोप लगाएका मानिसहरुमा पनि पुनः संक्रमण हुनु, युवा तथा बालबालिकाहरुमा बढी संक्रमण देखिनु तथा लक्ष्यण बिनाका बिरामीहरुको संख्या ८० प्रतिशत भन्दा माथि देखिनु ज्यादै खतरनाक अवस्था हो।

यस दोश्रो लहर विश्वका धेरै देशमा फैलदै बङ्गलादेश हुदै छिमेकि राष्ट्र भारतभरि अकल्पनीय रुपमा फैलिरहेको छ र पछिल्लो अवस्था अनुसार एकै दिनमा २.७३ लाख नया COVID-१९ बिरामी थपिनु तथा १६१९ जनाको एकै दिनमा मृत्यु हुनु डरलाग्दो अवस्था हो। यो संक्रमण आगामी दिनमा अझै बढने भारतीय स्वास्थ्यविज्ञहरुले बताउदै आएका छन् । कोरोना महामारीको आँधीबेहरी महाराष्ट्रबाट दिल्ली हुँदै उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल, गुजरात, हिमाञ्चल प्रदेश आदिमा फैलिएको छ । दिल्ली लगायत देशका धेरै शहरहरुमा अक्सिजनको अभाब देखिन सुरु भएको छ भने धेरै शहरहरुमा लक्डाउन तथा कर्फु नै लाउनुपर्ने अबस्था आएको छ । त्यति मात्रा हैन महामारीको त्रासले एक ठाउँबाट अर्को ठाउमा यात्रा गर्ने मानिसहरुको भिड बढदो छ जुन महामारी सर्ने एक प्रमुख कारण हुदैछ।

यसै कारणले स्वदेश फर्किने नेपालीको भीड थेगिनसक्नु हुँदैछ। यस्तो विषम परिस्थितिमा सरकार, आम(जनता तथा मिडिया एकजुट भएर महामारी रोकथाम गर्नु आजको प्रमुख दायित्व हुन् आउछ।

यस दोश्रो लहरले नेपाललाई पनि प्रभाव परिसकेको छ। दिनप्रतिदिन नया बिरामी थपिने क्रमजारी छ भने संक्रमणको कारणले मृत्यु हुने मानिसको संख्या पनि बढीरहेको छ। अझ डरलाग्दो कुरा के छ भने युबा तथा बालबालिकाहरुमा बढी संक्रमण देखिनु र लक्ष्यण बिनाका बिरामी थपिनु नै हो । यस नया प्रजातिको संक्रमणमा कुनै लक्ष्यण नदेखिने तर एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेर अस्पतालमा भर्ना हुनेको संख्या ह्वातै बढेको देखिन्छ। अर्को कुरा काठमाडौँ लगायत देशका अन्य शहरहरुमा बिरामीको संख्या बढ्नु, आइसियु लगायत अक्सिजनको खपत बढ्नु पनि खतरनाक अवस्थाको संकेत हो।

नयाँ प्रजातिका लक्षण कस्ता हुन्छन् ?
नयाँ प्रजातिको कोरोना संक्रमणमा भोक नलाग्ने, कमजोरी महशुस हुने, आँखा राता हुने, पखाला लाग्ने, बान्ता हुने तथा जाडो हुने, ज्वरो आउने, सुख खोकी लाग्ने, हातगोडाका औलाहरु दुख्ने, छाला चिलाउने समेत पाइएको छ।

उच्च ज्वरोआउनु, सुख्खा खोकी लाग्नु, सास फेर्न गाह्रो हुनु तथा स्वाद र गन्ध हराउनु पहिलो प्रजातिको कोरोना संक्रमणका लक्षण थिए।

दोश्रो लहरबाट कसरी सुरक्षित हुने ?
१)अति आबश्यक कामबाहेक घरबाट बाहिर ननिस्कने।
२) सबैले घरबाहिर निस्कदा अनिवार्य रूपमा, नाक र मुख राम्रो सँग छोप्नेगरी मास्क लगाउने। सम्भव भए डबल मास्क लगाउने।
३) मास्क नलगाएको व्यक्तिलाई मास्क दिने वा मास्क लगाउन अनुरोध गर्ने। नाकमुनि वा चिउँडोमा मास्क झुन्ड्याउनेलाई सही तरिकाले मास्क लगाउन अनुरोध गर्ने।
४) मास्क विना पसल, कार्यालय, यातायातका साधन आदिलाई निषेध गर्ने।
५) भीडभाड नगर्ने, भीडमानजाने, बैठक वा भेटघाट गर्नुपरेमा खुला ठाउँमा वा भेन्टिलेसन पर्याप्त भएको ठाउँमा मात्र गर्ने।
६) बिबाह, ब्रतबन्ध, पार्टी, पिकनिक, भेला, गोष्ठीमा अहिले केहि समयको लागि सहभागी नहुने।
७) होटल, रेस्टुरेन्टमा खानाखाने लगायत साथीहरुसंगको भेटघाट पनि कम गर्ने ।
८) पटक पटकअनुहारलाई नछुने। हात पटक पटक धुने । साबुनपानी नभएमा ह्याण्ड स्यानिटाइजरको प्रयोग गर्ने।
९) सम्भव हुन्छ भने कोरोनाको खोप लगाएर सुरक्षित बन्ने ।
१०) पौष्टिक खानेकुरा, योगा, व्यायाम, ध्यान, निद्रा, तथा सकारात्मक सोंच राखने ।
११) संक्रमण फैलिएपछि दुख पाउनु भन्दा संक्रमण रोकथामको लागि गम्भीर र अत्यन्तै जिम्मेवार नागरिक हुने।
१२) सरकारले दिएका सूचना, निर्देशन आदि पालना गर्ने।
१३) जनस्वास्थ्यका मापदण्ड कडाइका साथ अबलम्बन गर्ने।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

मन्त्री पदबाट बिदाइ हुँदै गर्दा सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले शनिबार बेलुकीतिर एउटा लामो

काठमाडौं । नेपालकै जेठो विद्यालय भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल)मा चरम बेथिति भेटिएको छ

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर