Logo
१ कार्तिक २०७८, सोमबार
     Mon Oct 18 2021
E-paper
  English Edition
   Unicode
Logo

दुई जना सचिवको अवकास, चार जना सचिवको सरुवा



काठमाडौं । नेपाल सरकारले चार जना सचिवको सरुवा निर्णय गरेको छ । सोमवार बसेको मन्त्रिपरिषद वैठकले सो निर्णय गरेको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पशुपन्छी तर्फका सचिव डा. पेमनारायण कँडेललाई वन तथा वातावरण र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको अतिरिक्त समुहमा समुहमा रहेका मुकुन्द प्रसाद पौड्याललाई बाग्मती प्रदेशको सचिवमा पठाइएको छ ।

वन तथा वातावरणका सचिव डा. विश्वनाथ ओलीले अनिवार्य अवकास लिएपछि रिक्त रहेको पदमा डा. पेमनारायण कँडेल सरुवा भएका हुन् । यस्तै बाग्मती प्रदेश प्रमुख सचिवमा रहेका डा. मानबहादुर वि.क.ले अनिवार्य अवकास लिएपछि उक्त रिक्त पदमा सचिव मुकुन्दप्रसाद पौडेललाई सरुवा गरिएको हो ।

त्यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका (उर्जा) सचिव दिनेशकुमार घिमिरेलाई राष्ट्रिय सतकर्ता केन्द्रमा सरुवा भएको छ । राष्ट्रिय सतकर्ता केन्द्रका सचिव देवेन्द्र कार्कीको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयमा सरुवा भएको स्रोतले बताएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । पछिल्ला दिनमा झण्डै २०० केन्द्रीय सदस्य थप्दा पनि केहि पर्नै पर्ने ब्यक्तिहरु

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस गुटगत राजनीतिले निकै आक्रांत छ । सरकार वा पार्टीगत

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च बनाएको छ । लामो समयदेखि

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।