८ बैशाख, सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले विवाह, ब्रतबन्ध लगायतका कार्यक्रमहरुमा २५ जना भन्दा बढी एकैपटक भेला हुन नपाइने सूचना जारी गरेको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैशाख ६ गते बसेको बैठकले उक्त, निर्णय गरेको हो ।
त्यस्तै वीरेन्द्रनगर नगरपालिका क्षेत्रिभित्र (विद्यालय, कलेज, ट्युशन सेन्टर, तालिम केन्द्र) मा बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थिति नभइ अन्य बैकल्पिक विधिवाट शैक्षिक गतिबिधि संचालन गर्न र अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्येनजर गरी सम्बन्धीत पालिकाले व्यवस्था मिलाउन समेत निर्देशन दिएको छ ।
त्यस्तै विवाह, ब्रतबन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रमुख जिल्ला अधिकारीको पूर्व स्वीकृति लिई २५ जनामा नबढ्ने गरी गर्न समेत निर्देशन दिएको छ ।
यस्ता छन् अन्य निर्णयहरु
वि.सं.२०७८ वैशाख ८ बुधवार ०९:२७ मा प्रकाशित