back

बेवारिसे अवस्थामा महिलाको शव फेला

वि.सं.२०७८ वैशाख ८ बुधवार

276 

shares
GLOBAL IME AD
NTC AD

८ बैशाख, डोटी । जिल्लाको दिपायल सिलगढी नगरपालिका–७ तथा पूर्वीचौकी गाउँपालिका–१ को सीमाक्षेत्र बुढोबाँज भन्ने ठाउँमा बेवारिसे अवस्थामा एक महिलाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार अन्दाजी ४० वर्षीया महिलाको शव गए राति फेला परेको हो । उनका अनुसार शव भेटिएपछि गए रातिदेखि प्रहरी नायब निरीक्षक खेमराज पन्त नेतृत्वको टोली घटनास्थलमै शव कुरेर बसेको छ ।

महिलाको टाउकोमा पूरै धमिरा लागिसकेको र शरीर कुहिएको अवस्थामा रहेको बताइएको छ । घटनास्थल नजिक पुरुषले लगाउने एउटा चश्मा फेला परेको र एउटा झोलाभित्र महिलाको ओढ्ने सल तथा सुनको तिलहरी पनि भेटिएको प्रहरीले जनाएको छ । उक्त शवको सनाखत तथा पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमान्डमा अहिले घटनास्थलतर्फ प्रहरी टोली परिचालन गरिएको बताइएको छ ।
रासस

वि.सं.२०७८ वैशाख ८ बुधवार ०९:२७ मा प्रकाशित

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

सुदूरपश्चिममा कृषि भूमि घट्दा उत्पादन भने बढ्यो

काठमाडौं । सुदूरपश्चिम प्रदेशमा कृषि भूमि क्रमशः घट्दै गएको पाइएको...

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

पेस्तोलसहित चार भारतीय नागरिक पक्राउ

कञ्चनपुर । पेस्तोलसहित जिल्ला प्रहरी कार्यालयले गएराति भीमदत्त नगरपालिका–६ ऐठपुर...

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

एउटै पालिकाबाट रू छ करोडको अदुवा बिक्री

त्रिवेणी (रूकुम पश्चिम) । रूकुम–पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुुवा...

सुदूरपश्चिम प्रदेशसभा :  सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम प्रदेशसभा : सात वर्षमा ६७ कानुन बने

सुदूरपश्चिम । देश सङ्घीय संरचनामा गएपछि प्रदेश तहमा गठन भएको...

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेश लगातार विजयी

फाप्ला (कैलाली) । कोशी प्रदेश यहाँ जारी प्रधानमन्त्री कप महिला...

विपिन सकुशल घर फर्किने आशामा परिवार

विपिन सकुशल घर फर्किने आशामा परिवार

दोधारा चाँदनी (कञ्चनपुर) । हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा...