Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

भारतमा एकैदिन झण्डै ३ लाख कोरोना संक्रमित थपिए, २ हजार बढीको निधन



८ बैशाख, काठमाडौं । भातरमा कोरोना भाइरस संक्रमणले दिनहुँ नयाँ रेर्कड राख्दै गएको छ । मंगलबार एकैदिन २ लाख ९४ हजार ११५ जना कोरोनाबाट संक्रमित भएका छन् भने २ हजार २० जनाको निधन भएको छ । एकैदिन यतिधेरैको संख्यामा संक्रमित हुने र मृत्यु हुनेको यो संख्या अहिलेसम्मकै बढी हो । साथै सोहि अवधिमा १ लाख ६६ हजार ५२० जना निको भएको पनि भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा हालसम्म १ करोड ५६ लाख कोरोना संक्रमित भइसकेका छन् । ती मध्ये १ करोड ३२ लाख निको भएका छन् भने हालसम्म १ लाख ८२ हजारले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । साथै हाल २१ लाख ५० हजार सक्रिय संक्रमितको उपचार चलिरहेको छ ।

यी १२ राज्य सबैभन्दा बढी प्रभावित

भारतको महाराष्ट्र सबैभन्दा बढी प्रभावित राज्य बनेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका कूल संख्यामा झण्डै आधा महाराष्ट्रका रहेका छन् । महाराष्ट्रमा मंगलबार ६२ हजार ९७ जना संक्रमित भएका थिए ।

समाचार ऐजेन्सीका अनुसार उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५, केरलामा १९ हजार ५७७, कर्णाटकमा २१ हजार ७९४, छत्तीसगढमा १५ हजार ६२५, राजस्थानमा १२ हजार २०१, मध्येप्रदेशमा १२ हजार ७२१, गुजरातमा १२ हजार २०६, तमिलनाडुमा १० हजार ९८६ र बिहारमा १० हजार ४५५ जना संक्रमित भएका छन् ।

भारतीय नेता राहुल गान्धीलाई पनि कोरोना संक्रमण

दिल्लीमा लकडाउन घोषणा गर्दै मुख्यमन्त्री केजरीवालले भने–‘दिल्लीको स्वास्थ्य अवस्था गम्भीर छ’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा