back

नक्कली परीक्षार्थीका कारण लोकसेवाको परीक्षा रद्द, २१ जना पाँच वर्षका लागि निलम्बित

वि.सं.२०७८ वैशाख ८ बुधवार

420 

shares
GLOBAL IME AD
NTC AD

८ बैशाख, काठमाडौं । नक्कली परीक्षार्थी सहभागी भएको पाइएपछि लोक सेवा आयोगले परिक्षा रद्द गरेको छ । गत फागुन २२ गते आयोगले प्रहरी जवान जनपद पदको लागि लिखित परीक्षा लिएको थियो ।

परीक्षामा सम्लग्न परिक्षार्थिले प्रवेश पत्र र नागरिकतामा अर्कैको नाममा फोटो बदलेर परिक्षा दिएको पाइएको हो । परीक्षामा अनियमितता गरेको पाइएपछि लोक सेवा आयोगले २१ जनाको परीक्षा नै रद्द गरिदिएको छ।

परीक्षा रद्द हुनेमा महेन्द्रनगरको सिद्धनाथ विज्ञान क्याम्पस, बाल जागृति मावि, अमिती कलेज कञ्चनपुर, अमिती कलेज महेन्द्रनगर, महेन्द्रनगर, दिपायल, लिटिल बुद्ध एकेडेमी महेन्द्रनगर, शन्ति निकेतन मावि महेन्द्रनगर, जानकी कन्या मावि महेन्द्रनगर परीक्षा केन्द्रबाट परीक्षा दिएका २१ परीक्षार्थी परेका छन् ।

उक्त परिक्षामा सम्लग्न नक्कली परीक्षार्थी र परीक्षार्थी दुबैलाई आयोगले पाँच वर्षसम्म परीक्षा दिन नपाउने गरि निलम्बन गरेको छभने उनीहरुलाई थप कारवाहीका लागि नेपाल प्रहरीलाई लेखेर पठाएको छ ।

वि.सं.२०७८ वैशाख ८ बुधवार ११:३२ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

आफैलाई गोली हानेका प्रहरी जवानको उपचारका क्रममा मृत्यु

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विपद् व्यवस्थापन गुल्ममा कार्यरत आफैँले...

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

पाण्डवेश्वर मन्दिरको अवलोकनमा अध्यक्ष प्रचण्ड

तुलसीपुर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा...

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

शीतलहरका कारण समस्यामा दलित मुसहर परिवार

सिंगबहादुर थापा, बरहथवा (सर्लाही) । चिसो र शीतलहरको जोखिममा यहाँका...

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

सुखी र समृद्ध बनाउनका लागि स्वास्थ्य विकास अपरिहार्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई...