-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

गलकोट स्पोर्ट्स क्लव जापानको छैठौं रनिङ शिल्भर कप हुँदै



८ वैशाख । जापानको टोकियोमा स्थापित गलकोट स्पोर्टस क्लव टोकियोको ७ औं वार्षिकोत्सवको अवसरमा छैटौं रनिङ सिल्भरकप प्रतियोगिता अन्तरगत पुरुष भलिबल प्रतियोगिता संचालन गर्ने भएको छ । क्लबले मे २४ तारिख सोमबार टोकियोको ओता सिटी हिगासी कामतामा रनिङ सिल्भरकप प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

अप्रिल १९ तारिक कार्यसमितीको भर्चुअल बैठकबाट अध्यक्ष लक्ष्मण कार्कीको संयोजकत्वमा प्रतियोगिता संचालन मुल आयोजक समिती गठन गरिएको छ । प्रतियोगितामा सहभागिताका लागी जापानमा रहेका भलिबल खेलप्रेमी संघ सस्था र खेलाडीहरुलाई सहभागिताका लागी अनुरोध समेत गरिएको छ ।

प्रतियोगितामा प्रथम पूरस्कार ३ लाख, सिल्भर कप र दित्तिय पुरस्कार २ लाख येन कप सहित मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ । कल्बले यसपटक सेमीफाईनल पुग्ने २ टिमलाई सान्तवना पुरस्कार नगद ५०/५० हजार जापानी एन मेडल र प्रमाण पत्र प्रदान गर्ने निर्णय गरेको छ । यसका साथै प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई ट्रफी र सम्मान पत्रले सम्मान गर्ने गरिने क्लबका अध्यक्ष लक्ष्मण कार्किले जानकारी दिए । उनका अनुसार ८ वटा बिधागत पुरस्कार अन्तरगर्त वेस्ट स्पाइकर, वेस्ट सेटर, वेस्ट क्विकर, वेस्ट ब्लकर, वेस्ट डिफेन्सिव, वेस्ट सर्भर, वेस्ट लिब्रो, वेस्ट कोच लाई पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ ।

मे २० तारिक समयअवधी सम्म औपचारिक रुपमा टिम दर्ता भएका खेलाडीहरुलाई खेलमा समाबेश गराउने मुल आयोजक समिति प्रचारप्रसार संयोजक तथा क्लवका सचिव हिमाल कडेलले जानकारी दिए । जापानमा निरन्तर छैठौ भलिबल प्रतियोगिता गर्ने गलकोट स्पोर्टस् क्लव टोकियो एक मात्र नेपाली संस्था हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं