
८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले महादेव प्रसाद यादवलाइ निर्वाचन समितिको संयोजक तोकेको छ ।
पार्टीका सभापति शेर बहादुर देउवा निवासमा बुधबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कानुन व्यवसायी समेत रहेका यादवलाई निर्वाचन समितिको संयोजक तोक्ने निर्णय गरेको हो ।
यसअघि निर्वाचन संयोजक रहेका राधेश्याम अधिकारीले राजिनामा बुझाएपछि यादवलाई निर्वाचन संयोजक तोकिएको हो ।
धनुषाका यादव राष्ट्रियसभा सदस्य समेत हुन् । कांग्रेसको चैत २० गतेको केन्द्रीय समिति बैठकमा अधिकारीले राजिनामा दिएपछि सोहि बैठकले उनको राजिनामा स्वीकृति गरिसकेको छ । कांग्रेसले आउँदो भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिबेशन गर्ने भनेर मिति तोकिसकेको छ । file photo