
८ बैशाख, काठमाडौं । कोरोना संक्रमणबाट पोखरामा थप २ जनाको मृत्यु भएको छ ।
पोखरा महानगरपालिका २९ की ५४ वर्षीया महिलाको पोखराको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचार गराइरहेको उनको आज मृत्यु भएको प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यसैगरी पोखरा महानगरपालिका ३३ का ८४ वर्षीय पुरुषको पनि उपचारका क्रममा मृत्यु भएको छ । बैशाख ५ गते नै कोरोना संक्रमण पुष्टि भएपछि संक्रामक तथा सरुवा रोग अस्पताल पोखरामा उपचार गराइरहेका ८४ वर्षीय पुरुषको पनि आजै मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
आज थपिएका २ जनासँगै प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २११ पुगेको छ ।