८ वैशाख, काठमाडौँ । पाकिस्तान र जिम्बाबे बिचको पहिलो टि-२० मा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ्ग गर्ने भएकाे छ । पाकिस्तानका लागि आज टि-२० अन्तराष्ट्रिय क्रिकेटमा डेनिश अजीजले डेब्यू गर्न गईरहेका छन ।
पाकिस्तानले यस श्रृखला अघि दक्षिण अफ्रिकालाई ४ खेलको टि-२० श्रृखलामा ३-१ ले पराजित गरेको थियो । त्यसैगरी जिम्बाबे भने अफगानिस्थानसँगको ३ खेलको टि-२० श्रृखलामा ३-० ले पराजित भएको थियो ।
पाकिस्तान र जिम्बाबे बिच अहिलेसम्म टि-२० अन्तराष्ट्रिय क्रिकेटमा १४ खेल भएको छ जसमा पाकिस्तानले १४ वटै खेलमा जित हासिल गरेको छ ।
यी दुई टिम बिचको खेल नेपाली समय अनुसार २:४५ बाट सुरु हुनेछ ।
पाकिस्तानको प्लेइङ्ग-११
मोहम्मद रिजवान, बाबर आजम, फखर जमान, मोहम्मद हफीज, हैदर अली, डेनिश अजीज, फहीम अशरफ, मोहम्मद नवाज, उस्मान कादिर, मोहम्मद हसनैन, हरिस रउफ ।
जिम्बाबेको प्लेइङ्ग-११
तिनाशे कमुनुकम्वे, वेस्ले मधेभरे, ताडियानाशे मारुमानी, क्रेग एर्विन, सीन विलियम्स रयन बुर्ल, रेगिस चकब्वा, ल्यूक जङ्गवे, वेलिंग्टन मसाकाड्जा, व्लेसिङ्ग मुजाराबानी, रिचर्ड नगारावा।
वि.सं.२०७८ वैशाख ८ बुधवार १४:२९ मा प्रकाशित