
८ वैशाख, काठमाडौँ । पंजाब किंग्स र सनराईजर्स हैदरावाद बिचको खेलमा पंजाबका कप्तान केएल राहुलले टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय लिएका छन ।
पंजाब किंग्सले आफ्नो प्लेइङ्ग-११ मा ३ परिवर्तन गरेको छ । रिले मेरीडिथ, जलाज सक्सेना र झा रिचर्डसनकाे स्थानमा अलराउण्डर फेबियन एलेन, मोइसेस हेनरिक्स र स्पिनर मुरुगन अश्विनले मौका पाएका छन ।
त्यसैगरी सनराइजर्स हैदरावादले पनि प्लेइङ्ग-११ मा ३ परिवर्तन गरेको छ । मुजिब उर रहमान, अबदुल शहमद र मनिष पांडे टिमबाट बाहिरिएका छन भने केन विलियमसन, सिद्धार्थ कौल र केदार जाधवले प्लेइङ्ग-११ मा मौका पाएका थिए ।
पंजाबले यस आईपिएलमा ३ खेलबाट २ अकं जोडेको छ भने सनराईजर्स हैदरावादले ३ खेल खेल्दाँ अहिलेसम्म जित हासिल गर्न सकेको छैन ।
यी दुई टिम बिचको खेल नेपाली समय अनुसार ३:४५ बाट सुरु हुनेछ ।
पंजाबको प्लेइङ्ग-११
केएल राहुल, मयंक अग्रवाल, क्रिस गेल, मोइसेस हेनरिक्स, निकोलस पूरान, दीपक हूडा, शाहरुख खान, फ्याबियन एलेन, मुरुगन अश्विन, मोहम्मद शमी, अर्शदीप सिंह ।
हैदरावादको प्लेइङ्ग-११
डेभिड वार्नर, जोनी बेयरस्टो, केन विलियमसन, विराट सिंह, विजय शंकर, अभिषेक शर्मा, केदार जाधव, रशीद खान, भुवनेश्वर कुमार, खलील अहमद, सिद्धार्थ कौल ।