
८ बैशाख, काठमाडौं । कोरोनाविरुद्धको खोप लगाएर चन्द्रागिरी हिल्सको केवलकार चढ्न जानेलाई टिकटमा २५ प्रतिशत छुट दिने जनाएको छ ।
चन्द्रागिरी हिल्सले बुधबार एक सूचना जारी गर्दै खोप लगाएको कार्ड देखाउनेलाई टिकटमा २५ प्रतिशत छुट दिने जनाएको हो ।
कोरोना विरुद्धको लडाइमा ऐक्यबद्धता जनाउँदै हिल्सले बैशाख ९ गते (बिहीवार) देखि जेठ १७ गतेसम्म यस्तो छुटको व्यवस्था गरेको जनाएको छ ।