back

हुम्लामा हिमपात हुँदा स्थानीयवासी अचम्भित

वि.सं.२०७८ वैशाख ९ बिहीवार

330 

shares
GLOBAL IME AD
NTC AD

९ बैशाख, सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्भित भएका छन् ।

पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो पहिलो पटक भएको सिमकोट–२ का गोकुल बोहराले बताए।

बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ । सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् ।

यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् । नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताए । विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मङ्गलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ ।



किसान खुशी

लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशेपानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् ।

यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ । दुइदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ । मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन् ।
रासस

वि.सं.२०७८ वैशाख ९ बिहीवार ११:११ मा प्रकाशित

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते

सिमकोट, (हुम्ला) । हुम्लाको दक्षिण भेगमा पर्ने चङ्खेली गाउँपालिकामा आज...

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

दसौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट पारित

काठमाडौँ । कर्णाली प्रदेशमा आयोजना हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको...

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्बभन्दा बढी बजेट सुनिश्चित

काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी...

हुम्लामा बाक्लो हिमपात

हुम्लामा बाक्लो हिमपात

हुम्ला (सिमकोट) । जिल्ला सदरमुकाम सिमकोटमा आज हिमपात भएको छ...

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

शिक्षकलाई निजामती सेवा सरह सुविधा दिनुपर्छ

कर्णाली । ‘विद्यालय शिक्षा विधेयक-२०८०’ सम्बन्धी कर्णाली प्रदेशस्तरीय छलफलमा शिक्षकको...