९ वैखाख, काठमाडौँ । Tribute :भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी) का महासचिव सीताराम येचुरीका छोराको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
येचुरीका ३५ वर्षीय छोरा आशिषको उपचारका क्रममा गुरुग्रामस्थित मेदान्त अस्पतालमा मृत्यु भएको हो । सीताराम यचुरीले टिवटरमार्फत आफ्ना जेठा छोराको कोरोनाका कारण बिहीबार बिहान मृत्यु भएको जनाएका छन् ।
It is with great sadness that I have to inform that I lost my elder son, Ashish Yechury to COVID-19 this morning. I want to thank all those who gave us hope and who treated him – doctors, nurses, frontline health workers, sanitation workers and innumerable others who stood by us.
— Sitaram Yechury (@SitaramYechury) April 22, 2021
महासचिव येचुरीले ट्विटरमा लेखेका छन्, “बहुत दुःखका साथ मलाई यो सूचित गर्नु परेको छ की मैले आफ्नो छोरा आशिष यचुरीलाइ कोरोना संक्रमणका कारण आज बिहान गुमाएको छु ।” उनले आफ्नो छोराको स्वास्थ्यलाभको कामना गर्ने र उपचारमा संलग्न हुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सफाइकर्मी सबैलाई धन्यवाद व्यक्त समेत गरेका छन् ।
उनलाई २ हप्ताअघि कोरोना संक्रमण भएसँगै होली फेमिली अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थय बिग्रन लागेसँगै उनलाई मेदान्त अस्पताल सारिएको थियो । परिवारले जानकारी दिए अनुसार आशिषको स्वास्थय सुधार हुँदै थियो, बिहिबार साँझ ५।३० बजे उनको अचानक सास बन्द भएको थियो ।
आशिष टाइम्स अफ इन्डियालगायत विभिन्न सञ्चारमाध्यममा काम गरेका थिए । उनी पछिल्लो पटक न्युजलन्ड्रीमा सहायक सम्पादकका रुपमा कार्यरत थिए ।
प्रधानमन्त्री मोदीले पनि टिव्टरमाफर्त सीताराम यचुरीको छोराको निधनमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
Condolences to Shri Sitaram Yechury Ji and his family on the tragic and untimely demise of his son, Ashish. Om Shanti.
— Narendra Modi (@narendramodi) April 22, 2021
वि.सं.२०७८ वैशाख ९ बिहीवार ११:५४ मा प्रकाशित