
९ वैशाख, काठमाडौं । पछिल्लो समय बिहीबार नेपाली बजारमा सुनको मुल्य बढने क्रम जारी रहेको छ ।
हिजो (बुधबार) तोलाको ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज बिहीबार २ सय रुपैयाँले बढेर तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य आज ९१ हजार ७ सय रुपैयाँ कारोबार भएको छ । हिजो बुधबार तेजावी सुनको मूल्य ९१ हजार ५ सय रुपैयाँ कायम भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य हिजो बुधबार तोलाको १ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको आज मूल्य आज २५ रुपैयाँले बढेर तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।