back

लक्ष्यभन्दा रु २३ करोड बढी राजस्व सङ्कलन

वि.सं.२०७८ वैशाख ९ बिहीवार

297 

shares
GLOBAL IME AD
NTC AD

९ बैशाख, विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा कूल रु छ अर्ब २१ करोड ९६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले रु पाँच अर्ब ९९ करोड पाँच लाख १६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्यमा रु २२ करोड ९० लाख ९९ हजार बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

गएको आवको यसै अवधिमा सङ्कलित राजस्वभन्दा चालू आर्थिक वर्षमा रु एक अर्ब ३३ करोड १० लाख नौ हजार बढी राजस्व सङ्कलन गर्न कार्यालय सफल भएको छ । कार्यालय प्रमुख सापकोटाले अन्तःशुल्कमा उल्लेखनीय प्रगति हुन नसके पनि समग्र राजस्व सङ्कलनमा प्रगति भएको र विस्तारै अन्तःशुल्क वृद्धि हुने सङ्केत देखिएको बताए । उनले अन्तःशुल्क चालु आर्थिक वर्षमा गएको वर्षको सो अवधिको तुलनामा १५ प्रतिशत वृद्धि हुनु नै सकारात्मक सङ्केत हो भने।

कार्यालयले सो अवधिमा आयकरतर्फ रु दुई अर्ब ४३ करोड छ लाख ३४ हजार, मूल्य अभिवृद्धिकरतर्फ रु एक अर्ब ८७ करोड ६२ लाख ४५ हजार र अन्तःशुल्कतर्फ रु एक अर्ब ९१ करोड २७ लाख ३६ हजार सङ्कलन गरेको छ । सङ्कलित राजस्वमा आयकरमा १३२ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १७० प्रतिशत र अन्तःशुल्कमा ६३ प्रतिशत प्रगति गरेको छ । अन्तःशुल्कमा गएको वर्षमा सो अवधिमा ४९ प्रतिशत मात्र प्रगति गरेको थियो ।

गएको वर्षमा सो अवधिमा कार्यालयले रु चार अर्ब ८८ करोड ८६ लाख छ हजार राजस्व सङ्कलन गरेको थियो । कार्यालयले सोही अवधिमा कूल रु छ अर्ब ८५ करोड ८३ लाख ३८ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । गएको वर्ष राजस्व सङ्कलन हुनुमा अन्तःशुल्कमा प्रगति कम देखिएको थियो । कोरोनाका कारण बन्दाबन्दी हुनु, विकास निर्माणको काम ठप्प हुनु र मदिराजन्य पदार्थको उत्पादन एवं बिक्री पनि न्यून देखिकाले अन्तःशुल्कबापत सङ्कलन हुने राजस्व कम भएको प्रमुख सापकोटाको भनाइ छ ।

गएको वर्षमा सो अवधिमा आयकरमा ८६ प्रतिशत, मूल्य अभिवृद्धिकरमा १०४ प्रतिशत र अन्तःशुल्कमा ४९ प्रतिशत मात्र प्रगति भएको थियो । विस्तारै अर्थतन्त्रमा आएको सुधार र आर्थिक क्रियाकलाप बढेकाले चालु आवमा राजस्वमा सकारात्मक सङ्केत देखिएको प्रमुख सापकोटाको भनाइ छ ।
रासस

वि.सं.२०७८ वैशाख ९ बिहीवार १२:२९ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सरकारको वार्षिक प्रतिवेदन पेस

सरकारको वार्षिक प्रतिवेदन पेस

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा कोशी प्रदेश सरकारको आर्थिक...

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

हर्क साम्पाङको अख्तियारलाई चेतावनी : पानी माग्न त्यहीँ आउनुपर्ला नि फेरि !

काठमाडौँ । अख्तियारले प्रश्न सोधेपछि धरान उप-महानगरपालिकाका प्रमुख हर्कराज राईले...

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

झापामा छ महिनाको पुँजीगत खर्च २० प्रतिशत

भद्रपुर (झापा) । जिल्लाको चालु आर्थिक वर्षको छ महिनामा पुँजीगत...

उद्यम गर्न चाहनेलाई  निर्ब्याजी ऋण दिँदै नगरपालिका

उद्यम गर्न चाहनेलाई निर्ब्याजी ऋण दिँदै नगरपालिका

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना...

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम

तेह्रथुम । कोशी प्रदेशको पहाडी जिल्ला तेह्रथुमलाई मध्यपहाडी (पुष्पलाल) लोकमार्गले...