back

रिलायन्सका शेयरधनीलाई फाईदा, अनौठो गरि बढ्यो संस्थाको नाफा

वि.सं.२०७८ वैशाख १० शुक्रवार

285 

shares
GLOBAL IME AD
NTC AD

काठमाडाैं । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रिलायन्स फाइनान्सको खुद नाफा ३७.३० प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ३२ लाख खुद नाफा कमाएकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा कम्पनीको नाफा बढेर ८ करोड ६८ लाख पुगेको हो ।

यस अवधिमा कम्पनीको अन्य संचालन आम्दानी ३९ लाख रुपैयाँबाट बढेर १३ करोड ६८ लाख रुपैयाँ पुगेको छ। अन्य संचालन आम्दानी ह्वात्तै बढेपछि नाफामा सुधार भएको हो । यस अवधिमा कम्पनी खुद ब्याज आम्दानी भने ३३.०६ प्रतिशतले घटेको छ । कम्पनीको खुद ब्याज आम्दानी १६ करोड १ लाखबाट घटेर १० करोड ७१ लाख कायम भएको छ ।

समिक्षा अवधिमा कम्पनीको निक्षेप १८.४५ प्रतिशतले बढेर ५ अर्ब ७७ करोड पुगेको छ भने कर्जा प्रवाह १६.३९ प्रतिशतले बढेर ४ अर्ब १९ करोड पुगेको छ । ८३ करोड २४ लाख चुक्ता पुँजी भएको कम्पनीको रिजर्भमा ४६ करोड ५ लाख रहेको छ ।

कम्पनीको खराब कर्जा २.६३ प्रतिशतबाट घटेर १.८८ प्रतिशत पुगेको छ भने कम्पनीको प्रति शेयर आम्दानी १३.९१ रुपैयाँ र प्रति शेयर नेटवर्थ १५५.३२ रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ वैशाख १० शुक्रवार १३:३९ मा प्रकाशित

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सव सम्पन्न

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह...

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता-संस्करण २ को पुरस्कार वितरण

काठमाडौँ । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व...