वैशाख १०, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव कुमार नेपाल पक्षलाई आउट गर्दै पार्टीको स्थायी कमिटी घोषणा गरेका छन् । शुक्रबार बालुवाटारमा बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा ओलीले स्थायी कमिटी घोषणा गरेका हुन् ।
ओलीले हाललाई १९ जनाको स्थायी कमिटी निर्माण गरेका छन् । उनले साबिक नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विभाजनको बेला ओली पक्षमा देखिएका स्थायी कमिटी सदस्यलाईहरु एमालेको स्थायी कमिटीमा रुपान्तरण गरेका हुन् ।
बैठकमा ओलीले केहि सदस्य बाँकी थपिन सक्ने पनि जानकारी दिएका छन् । यसअघि गत फागुन २८ मा बसेको बैठकबाट ओलीले साबिक एमालेको स्थायी कमिटी भंग गराएका थिए ।
ओलीले बनाएको नयाँ स्थायी कमिटीमा माओवादी छाडेका नेताहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा परेका छन् ।
यी हुन् नयाँ स्थायी कमिटीका सदस्यहरु
१. केपी शर्मा ओली
२. वामदेव गौतम
३. ईश्वर पोखरेल
४. रामबहादुर थापा बादल
५. विष्णु पौडेल
६. सुवास नेम्वाङ
७. शंकर पोखरेल
८. प्रदीप ज्ञवली
९. लेखराज भट्ट
१०. टोपबहादुर रायमाझी
११. सत्यनारायण मण्डल
१२. विष्णु रिमाल
१३. छविलाल विश्वकर्मा
१४. पृथ्वीसुब्बा गुरुङ्ग,
१५. रघुबीर महासेठ
१६. किरण गुरुङ
१७. केशव बडाल
१८. पुष्पराज कडेंल
१९. मणि थापा
सम्बन्धित समाचार
बालुवाटारमा एमालेको महाधिवेशन आयोजक कमिटी बैठक, के होला माधव समूहमाथि थप कारबाही ?
वि.सं.२०७८ वैशाख १० शुक्रवार १३:५३ मा प्रकाशित